११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

सरकारले मंसिर ४ गते चुनावको मिति तोक्दा आश्चर्य हुँदैनः प्रमुख आयुक्त थपलिया

सरकारले मंसिर ४ गते चुनावको मिति तोक्दा आश्चर्य हुँदैनः प्रमुख आयुक्त थपलिया
file
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मन्त्रीपरिषद्को बैठकमा प्रदेश र संघको निर्वाचन मिति घोषणा हुनसक्ने बताउनुभएको छ ।

मंगलवार निर्वाचन परिणाम तथा खर्च सार्वजनिकरणका लागि पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोक्न सरकारसँग परामर्श गरेको र आयोगले परामर्श गरेको समयमा निर्वाच्न मिति तोकिँदा आश्चर्य मान्न नपर्ने बताउनुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्नको निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा निर्वाचन गर्ने गरेर मिति सिफारिस गरेको बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा झन्डै ८ करोड मतपत्र छाप्नुपर्ने र खर्च पनि बढ्ने बताउनु भयो । आगामी निर्वाचनमा मतपेटिका, कर्मचारीको संख्या पनि बढ्ने भएकोले खर्चपनि सोही अनुसार वृद्धि हुने स्पष्ट पार्नुभयो । उहाँले सर्वोच्च अदालतबाट अस्थायी मतदाता नामावलीमा नाम समावेश गरेर कैदीबन्दीहरु, वृद्धाश्रममा बसेका ज्येष्ठ नागरिकहरु, निर्वाचनको काममा विभिन्न ठाउँमा खटिएका कर्मचारीहरु, सेना, प्रहरी लगायतका व्यक्तिहरु र कर्मचारीहरुलाई पनि मतदानको अधिकार दिनुपर्छ भनेकोले मतदान स्थलको संख्या र खर्च बढी हुने बताउनु भयो ।

उहाँले आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरिसकेपछि फेरि अस्थायी मतदाता नामावलीको अर्को प्रक्रिया प्रारम्भ गर्ने बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले पनि यही आर्थिक वर्षदेखि तलवभत्ता पनि १५ प्रतिशत जस्तो बढाए अनुसार निर्वाचनमा खटिने कर्मचारीलाई तलव, भत्ता दिनुपर्ने कारण पनि खर्च बढ्नसक्ने बताउनु भयो । उहाँले समानुपातिक तर्फको पनि मतगणना र नतिजा र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्म निर्वाचन आयोगको काम भएकोले खर्च बढ्ने बताउनु भयो । उहाँले मितव्ययी निर्वाचनको नारामा आयोग नचुक्ने दाबी गर्दै आयोगले निर्वाचनको लागि तयारी शुरु गरिसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्नको निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा निर्वाचन गर्ने गरेर मिति सिफारिस गरिसकेको छ । आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने कानूनी व्यवस्थाअनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरेर मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ । मितव्ययिताको सिद्धान्तमा आयोग रत्तिभर पनि विचलित हुँदैन । तर अहिले यो निर्वाचनमा झन्डै २ करोड मतपत्र छाप्यौँ । अबको निर्वाचनमा करिव ८ करोड मतपत्र छाप्नुपर्छ ।

मतपत्र छपाई र ढुवानी अलि महंगो हुन्छ । एउटा मतदान केन्द्रमा एउटा मतपेटिका राखेर चुनाव ग¥यौं । अब ४ वटा राख्नुपर्छ । र कर्मचारी पनि ४ जना नै हुन्छ । अहिले एउटा निर्वाचन केन्द्रमा ४ जना कर्मचारी राखेका थियौँ । अब ४ को ठाउँमा वृद्धि भएर जान्छ । मतदान केन्द्र पनि थपिनस्क्छन् । सम्मानित सर्वोच्च अदालतबाट अस्थायी मतदाता नामावलीमा नाम समावेश गरेर कैदीबन्दीहरु, वृद्धाश्रममा बसेका ज्येष्ठ नागरिकहरु, निर्वाचनको काममा विभिन्न ठाउँमा खटिएका कर्मचारीहरु, सेना, प्रहरी लगायतका व्यक्तिहरु र कर्मचारीहरुलाई पनि मतदानको अधिकार दिनुपर्छ भन्ने ढंगले आइरहेको र यसलाई सम्बोधन गर्न आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरिसकेपछि फेरि अस्थायी मतदाता नामावलीको अर्को प्रक्रिया प्रारम्भ गर्नुपर्छ ।

यो व्यवस्थापन गर्दा स्वभाविक रुपले मतदान केन्द्रहरु व्यापक रुपमा वृद्धि हुन्छ । त्यसैअनुसार कर्मचारी पनि वृद्धि हुने र नेपाल सरकारले पनि यही आर्थिक वर्षदेखि तलवभत्ता पनि १५ प्रतिशत जस्तो बढाएको छ । त्यसैअनुसार कर्मचारीलाई खटाउनु पर्छ । हामीले समानुपातिक तर्फको पनि मतगणना र नतिजा गणना गर्नुपर्छ र यो निर्वाचनको सबै खर्च राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्म हुने भएकोले मितव्ययी निर्वाचनको नारामा आयोग चुकेको छैन भन्ने ढंगले नै हुन्छ । हामी आन्तरिक रुपमा तयारीमा लागिसकेका छौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालको निर्वाचन इतिहासमा खर्च नबुझाउनेहरुलाई ठूलो कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले १ लाख ५६ हजार उम्मेदवारहरु रहेको र करिव १ लाख जना कारबाहीको भागिदार बन्नसक्ने बताउनु भयो । उहाँले काठमाडौं उपत्यका बाहेकका अन्य पाँच जिल्लामा पनि अहिले अनलाइन मतदाता नामावली रजिस्ट्रेशनको प्रक्रिया शुरु गरिएको र आगामी निर्वाचन सकिएपछि देशभर नै यो सेवा उपलब्ध हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको निर्वाचन इतिहासमा खर्च नबुझाउनेहरुको ठूलो कारबाहीको समाचार सुन्नुहुन्छ । यो संख्या यकिन भन्न गाह्रो छ तरपनि झन्डै १ लाख ५६ हजार हाराहारीमा हाम्रा उम्मेदवार हुन् । १ लाख जना कारबाहीको दायरामा आउँछन् भन्ने अनुमान छ । अनलाइन रजिस्ट्रेशन प्रक्रिया शुरु गरेका छौँ । काठमाडौंबाहेकका ५ जिल्लामा यो व्यवस्था गरेका छौँ । आगामी निर्वाचन सकिएपछि सबै जिल्लामा अनलाइनको व्यवस्था हुन्छ । इलेक्ट्रिक भोट सिस्टमबाट अहिलेको निर्वाचनमा इमीएम उपलब्ध हुने व्यवस्था कम छ । हामीले उपलब्ध भएका ठाउँमा प्रयोग गर्छौं भनेर सरकारसँग परामर्श दिएका छौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले विद्युतीय प्रणालीबाट चुनाव गराउने कुरा यसपटक सम्भवप्रायः नदेखिएको बताउनु भयो । उहाँले सरकारले विद्युतीय मेसिन उपलब्ध गराएको खण्डमा निर्वाचन आयोग विद्युतीय प्रणालीबाट मतदात गराउन तयार रहेको बताउनु भयो ।