७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख निर्वाचनः लोसपाको समर्थन पुष्पा भुसाललाई



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।

आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई नै सर्मथन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

यद्यपि त्यसबारे औपचारिक निर्णय आजै बस्ने संसदीय दलले गर्ने उनको भनाइ छ ।

सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

आजै तीन बजे संसद बैठकबाट उपसभामुख चयन हुने कार्यतालिका छ ।

नेकपा एमालेले लोसपाले उम्मदेवारी दिए सर्मथन गर्ने बताएको थियो । तर, लोसपाले उम्मेदवारी नदिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको हो ।