१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साप्ताहिक मौसम: अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा



अ+ अ-

काठमाडौँ । आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान निकालेर आगामी साताभरि नै देशका हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार साताको सुरू र मध्यमा देशको हिमाली तथा पहाडी भूभागका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा साताको अन्त्यमा देशका पहाडी भूभागका धेरै तथा हिमाली र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै साताको अन्त्यमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै हिमाली भूभागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको र पहाडी तथा तराईका भूभागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना रहेको बताइएको छ ।