१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा घर भासिँदा आमा र दुई छोराको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्यको मृत्यु भएको हो । विद्युत्गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको भट्टले बताउनुभयो । बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जादा घर भासिएको देखेका थिए ।

मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ ।