८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

सरकारको एक वर्ष: जलवायु वित्त प्राप्तिमा महत्वपूर्ण उपलब्धि

सरकारको एक वर्ष: जलवायु वित्त प्राप्तिमा महत्वपूर्ण उपलब्धि
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा संविधान, संसद् र लोकतन्त्रको रक्षा हुनाका साथै सरकारले जनजीविकाका सवालमा विभिन्न कामहरु गरेको छ । सरकारले अवधिमा अन्तर्राष्ट्रिय सम्बन्ध र वित्त परिचालनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको वन तथा वातवारण मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औँ सम्मेलनमा प्रधानमन्त्री देउवा र वनमन्त्री लगायतको नेपालको गहकिलो उपस्थितिले नेपालको पर्वतीय मुद्दाहरु उठान गरिनाका साथै जलवायु वित्त प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको वन सचिव डा पेमनारायण कँडेलले बताउनुभयो ।

यसैगरी पेरिस सम्झौताअनुसारको परिस्कृत पारदर्शीता खाकासम्बन्धी क्षमता विकास आयोजनाको प्रस्तावमा पेस भई स्वीकृत भइसकेको छ । मन्त्रालयको पहलमा ‘लिबिर्ड नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘यसएनफसिसिसी’को अनुकूलन कोष प्राप्तिका लागि ‘नेशनल इन्टिटी’का रुपमा ‘एक्रिडेशन’का लागि सिफारिस गरिएको छ ।

यसैगरी जलवायु प्रदूषण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय गठबन्धनमा आबद्ध हुन ‘क्लाइमेट एन्ड क्लिन एयर पोलुशन’मा नेपाल सहभागी हुने निर्णय भएको सचिव डा कँडेलले बताउनुभयो । कार्बन व्यापारका लागि मन्त्रालयले ‘लिफ कोलिएशन’सँग आशय पत्रमा हस्तार भएको छ ।

नेपाललाई २५० मिलियन अमेरिकी डलर सहायता

मन्त्रालयले यस अवधिमा वन वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा विभिन्न आयोजना कार्यान्वयन गर्न नेपाललाई करिब २५० मिलियन अमेरिकी डलर बराबरको सहायता प्राप्त हुने गरी प्रक्रिया अगाडि बढाएको छ ।

जलवायु वित्त प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि नीति, नियम, निर्देशिकाको तयारी र स्वीकृति हुनाका साथै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र पेरिस सम्झौता अनुकूल खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति सवीकृत भएको मन्त्रालले जनाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र पेरिस सम्झौता अनुकूल खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति स्वीकृत भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ ६ को निर्णयअनुसार वन नियमावली २०७९ स्वीकृत भई लागू भएको छ । यस अवधिमा मन्त्रालयले वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८ स्वीकृत भई लागू गर्नाका साथै वनस्पति स्रोत विधेयक २०७९ को अन्तिम मस्यौदा र वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०७९ को अन्तिम मस्यौदा तयार गरेको छ ।

व्यावसायिक रुपमा वन्यजन्तुको पालन प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड २०७९ को अन्तिम मस्यौदा, दिगो वन व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्डको मस्यौदा तयार गरी मन्त्रालयले राष्ट्रियस्तरका योजना÷कार्ययोजना स्वीकृति र कार्यान्वयन गरेको छ ।

वन तथा वातावरण क्षेत्र सुधारको रणनीतिक योजना २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेकामा रहेको छ भने जलवायु परिवर्तनको समस्या सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूलन योजना स्वीकृत भई लागू भएको छ । मन्त्रालयले जलवायु परिवर्तनबाट हुने हानि–नोक्सानीसम्बन्धी राष्ट्रिय कार्यढाँचा स्वीकृत भएको छ ।

मन्त्रालयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत भई लागू गर्नाका साथै राष्ट्रिय वनको एकीकृत रणनीतिक योजनाको अन्तिम मस्यौदा तयार भएको छ ।

वन तथा जलाधार संरक्षणतर्फ

मन्त्रायलयले १२३ वर्ग किलोमिटरको फेवातालको जलाधार क्षेत्रलाई नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७८ माघ २४ गतेको निर्णयअनुसार संरक्षित जलाधार घोषणा गरिएको छ । ललितपुरको गोदावरी फुलचोकीको दुई हजार १२८ दशमलव ८८ हेक्टर वनलाई वन संरक्षण क्षेत्र घोषणा गरिएको छ ।

यसैगरी पूर्वाधार निर्माणसम्बन्धी ५१ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट जम्मा १६ वटा आयोजनालाई ३४५ दशमलव ९६ हेक्टर वनक्षेत्र प्रयोग गर्न दिने गरी निर्णय भएको छ ।

औद्योगिक कच्चापदार्थबाहेक ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक आयात तथा प्रयोगमा प्रतिबन्ध गरिएको छ । ‘सफा हिमाल अभियान’ अन्तर्गत नेपाली सेनामार्फत कञ्चनजङ्गा, सगरमाथा, ल्होत्से र मनास्लु गरी चारवटा हिमालको सफाइ सम्पन्न भएको छ ।

मन्त्रालयले बागमती नदीमा अनलाइन वाटर अनुगमन प्रणाली सञ्चालन गरिएको छ । यस अवधिमा राष्ट्रपतिको समुपस्थितिमा एकै दिनमा दुई लाख १० हजार बिरुवा वृक्षरोपण गरिएको छ ।

चुरे उत्थानशील आयोजनाको तीनवटा प्रदेशस्तरीय कार्यालय सिन्धुली, महोत्तरी र सुनसरीमा स्थापना भई कार्यक्रम कार्यान्वयन भइरहेको छ । चुरेतराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको मूल्याङ्कन तथा परिमार्जन गरिएको छ ।

वन्यजन्तु संरक्षण तथा संरक्षित क्षेत्र व्यवस्थापन

बाघ, गैँडा, हात्ती, हिउँ चितुवा जस्ता दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुहरुको प्रजाति संरक्षण कार्ययोजना कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि छ हजार ६१४ घटनाका लागि रु १२ करोड १२ लाख ५९ हजार ४४२ राहत वितरण भएको छ ।

सन् २०२२ सम्म २५० वटा बाघ पु¥याउने प्रतिबद्धताअनुसार हाल बाघको सर्वेक्षणको काम सम्पन्न भई नतिजा प्रकाशनका क्रममा रहेको छ भने एक हजार १३५ जडीबुटीका नमूनाहरुको परीक्षण, विश्लेषण, प्रमाणीकरण गरी सुगन्धित तेल निर्यातका लागि सिफारिस गरी निर्यात व्यापारमा सहजीकरण भएको छ ।

राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाबाट १४ हजार ४०० वनस्पति नमूनाहरूको डिजिटाइजेशन कार्य भएको र १२ वटा नयाँ वनस्पति नमूनाहरू थप भएको छ । कूल ४०० हेक्टर क्षेत्रफलमा गैरकाष्ठ वनपैदावारको व्यावसायिक खेती गरिएको छ । मन्त्रालयले ३० लाख ५० हजार ९६८ थान हर्बल केयर सात दशलमव आठ टन सुगन्धित तेल उत्पादन भएको छ । साथै छ लाख ११ हजार ३०० गुणस्तरीय जडीबुटीका बिरुवा ९लौठसल्ला, कुरिलो, लेमनग्रास, सर्पगन्धा, पिपला, टिमुर, चिराइतो, अतिस, पदमचाल, डालेचुक आदि० उत्पादन गरी वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।

काठ तथा दाउरा उत्पादन

मन्त्रालयले चालु आव २०७८/७९ मा वन संरक्षण तथा व्यवस्थापन गरी ८६ लाख ५४ हजार घनफिट काठ र छ हजार ५८६ चट्टा दाउरा उत्पादन भएको छ । यसैगरी वन, वन्यजन्तु, वनस्पति र जैविक विविधता संरक्षण र भू तथा जलाधार संरक्षण व्यवस्थापन, वातावरण संरक्षण व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन व्यवस्थापनसम्बन्धी २५ कार्यक्रम/आयोजना कार्यान्वयनबाट नेपालको वातावरणीय सन्तुलन तथा आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान गरेको छ । रासस