• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी

मनाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा



मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

तोकिएको उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेकालाई समेत लगाइएपछि मनाङलाई पूर्ण खोप सुनिश्चित् घोषणा गरिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसको कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि मनाङ नै प्रतिबद्ध हुनुपर्छ”, घलेले भन्नुभयो । सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार यसअघि चार पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो ।

नासों गाउँपालिका, चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । “सबै प्रक्रिया पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हौँ, बालबालिकाले पूर्ण खोप पाए÷नपाएको बारेमा अनुगमन पश्चात् मात्रै घोषणा गर्ने प्रावधान छ, सोही अनुरुप हिमाली जिल्ला मनाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सुगम क्षेत्रका जिल्लाले नै खोप अभियान सञ्चालन गरिरहेका अवस्थामा पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न नसकिरहेको बेलामा मनाङलाई पहिले नै घोषित गराउन सफल भएको बताउनुभयो ।

बालबालिकालाई कोभिड–१९, टाइफाइड, विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।