८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

मनाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा

मनाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा
अ+ अ-

मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

तोकिएको उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेकालाई समेत लगाइएपछि मनाङलाई पूर्ण खोप सुनिश्चित् घोषणा गरिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसको कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि मनाङ नै प्रतिबद्ध हुनुपर्छ”, घलेले भन्नुभयो । सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार यसअघि चार पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो ।

नासों गाउँपालिका, चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । “सबै प्रक्रिया पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हौँ, बालबालिकाले पूर्ण खोप पाए÷नपाएको बारेमा अनुगमन पश्चात् मात्रै घोषणा गर्ने प्रावधान छ, सोही अनुरुप हिमाली जिल्ला मनाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सुगम क्षेत्रका जिल्लाले नै खोप अभियान सञ्चालन गरिरहेका अवस्थामा पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न नसकिरहेको बेलामा मनाङलाई पहिले नै घोषित गराउन सफल भएको बताउनुभयो ।

बालबालिकालाई कोभिड–१९, टाइफाइड, विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।