८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए

वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए
अ+ अ-

काठमाडौँ । वाग्मती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो ।

समितिले आयोजनाको काममा नै अवरोध पुर्याउने गरी फोहर सङ्कलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको छ । तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ । श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । घिसिङले अटेर गरी नदी किनारामा फोहर सङ्कलन केन्द्र बनाउँदा वाग्मती सौन्दर्यीकरणको काममासमेत असर पुगेको समितिले जनाएको छ ।

अनधिकृत रूपमा फोहर सङ्कलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले वाग्मती कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन् । जसले गर्दा जम्मा भएको आधा फोहर वाग्मतीमा बग्ने गरेको छ ।

नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’मा सहभागी श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो । ‘‘हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहर सङ्कलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यहीबेला ममाथि एक्कासि मुक्का प्रहार भयो’’, उहाँले भन्नुभयो । आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाँका लगाइएको छ । श्रेष्ठको हाल नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ ।