१० श्रावण २०८३, आईतवार
,
Latest
सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिचले जिते विम्बल्डनको उपाधि



अ+ अ-

एजेन्सी । सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् ।

आइतबार राती भएको फाइनलमा निक किर्गियसलाई हराउँदै जोकोभिचले विम्बल्डन जितेका हुन् ।

जोकोभिचले समग्रमा २१ औँ पटक एकल ग्रान्डस्लाम जितेका हुन् । उनी पुरुषतर्फ सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने राफेल नाडालको कीर्तिमान बराबरी गर्नबाट एक उपाधिले मात्र टाढा छन् ।

२२ पटक ग्रान्डस्लाम च्याम्पियन बनेका ३७ वर्षीय राफेल नाडाल यसपटक चोटका कारण सेमिफाइनल त्याग्न पुगेका थिए ।

विश्व नम्बर एक जोकोभिचले सुरुवाती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । जोकोभिचले निकमाथि ४–६,६–३,६–४ र ७–६ (७–३) को सेटमा जित निकाले ।

जोकोभिचले हालसम्म अस्ट्रेलियन ओपन ९ पटक, फ्रेन्च ओपन २ पटक, ७ पटक विम्बल्डन र तीनपटक यूएस ओपन जितेका छन् । महिलातर्फको उपाधि काजकिस्तानकी एलिना राइबाकिनाले जितेकी छिन् ।