काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुर्सी र सत्ताका लागि देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताएका छन् ।
शनिबार नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
नेता नेपालले नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई पनि आफूले परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएको जानकारी दिए ।
यस्तै उनले एमसीसी प्रति लक्षित गर्दै देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको पनि प्रस्ट पारे ।