१७ असार २०८३, बुधबार
,
Latest
विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्सी र सत्ताका लागि देशको हितविपरीत कुनै सम्झौता स्वीकार्य छैनः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुर्सी र सत्ताका लागि देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताएका छन् ।

शनिबार नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । 

नेता नेपालले नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई पनि आफूले परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएको जानकारी दिए । 

यस्तै उनले एमसीसी प्रति लक्षित गर्दै देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको पनि प्रस्ट पारे । 
 




भर्खरै