२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव सेवा आश्रमका विष्णु र निर्मलालाई आर्थिक सहयोग



अ+ अ-

कर्णाली । गोठिचौर गाउँपालिका १ जुम्ला निवासी २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ ।   पोखरा महानगरपालिका–१० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उहाँहरुको आफन्तबाट मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतमा आश्रय लिइरहेका उनीहरुलाई रु ५० हजार सहयोग गरिएको हो । बुढा दिदीबहिनीलाई पोखरादेखि जुम्ला भेट्न पुग्नुभएकी जुना गुरुङ उनीहरु सुर्खेतमा रहेको थाहा पाएपछि शुक्रबार जुम्लाबाट फर्केर आज सुर्खेत पुगी आर्थिक सहयोग गर्नुभएको हो । 

“करिब १० वर्ष अघि पोखरा हरियो खर्कमा तीन वर्ष थेरापी गरेर फर्केका उनीहरुलाई ओमकुमारीको व्यक्तिगत रु १० हजार र आफन्तबाट रु २० हजार सहयोग भएको छ”, जुनाले भन्नुभयो, “मेरो रु पाँच हजार र आफन्तको रु १० हजार सहयोग छ । बेलायतमा बस्ने मेरो छोरी निकिता गुरुङका साथीहरुले पठाएको खाजा, कपडासहित रु पाँच हजार गरी रु ५० हजार प्रदान गरेका छौँ ।” 

मष्तिष्क पक्षघातका कारण शारीरिक अपाङ्गता भएका उनीहरु करिब एक वर्षदेखि मानव सेवा आश्रम सुर्खेतमा आश्रय लिँदै आएका छन् । आमाको मृत्युपछि बुबाले अर्कै श्रीमती लिएर उनीहरुलाई छोडेपछि बेसाहारा बनेका दुवैलाई आइएनएफ जुम्लामा कार्यरत कर्मचारी सम्झना शाहीले करिब आठ वर्ष स्याहारसुसार गर्नुभएको थियो ।

शाही कामको सिलसिलामा बाहिर जानुपर्ने अवस्था आएपछि उनीहरुको व्यवस्थापनका लागि एकवर्ष अघि गुठिचौचर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा मानव सेवा आश्रम कर्णाली प्रदेश कार्यालयमा सिफारिस गरिएको थियो ।

शारीरिक अपाङ्गता भएका उनीहरु बौद्धिकरुपले कमजोर नभएको मानव सेवा आश्रम सुर्खेत जिल्ला संयोजक सञ्जिता गौतमले जानकारी दिनुभयो । बुढा दिदीबहिनीका लागि पोखराबाट प्राप्त नगद तथा जिन्सीसहित खुत्रुके सुरक्षित राखिएको संयोजक गौतमले बताउनुभयो । 

“बालबालिका, आमा र बाबा गरेर आश्रममा ७२ जना सहयोगापेक्षी नागरिक हुनुहुन्छ”, उहाँले भन्नुभयो, “ती मध्ये एकजना बङ्गलादेशी महिला पनि हुनुहुन्छ । आश्रम रहेका केहीलाई ठीक बनाएर परिवारसँग पुनःमिलन पनि गराई दिएका छौँ ।” विष्णुमाया र निर्मला बौद्धिकरुपमा सबै बुझ्ने भएकाले आफ्नो अवस्था आफैँले देखेर कहिलेकाहीँ निराशा प्रकट गर्ने गरेको उहाँको भनाइ थियो ।