१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव सेवा आश्रमका विष्णु र निर्मलालाई आर्थिक सहयोग



अ+ अ-

कर्णाली । गोठिचौर गाउँपालिका १ जुम्ला निवासी २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ ।   पोखरा महानगरपालिका–१० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उहाँहरुको आफन्तबाट मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतमा आश्रय लिइरहेका उनीहरुलाई रु ५० हजार सहयोग गरिएको हो । बुढा दिदीबहिनीलाई पोखरादेखि जुम्ला भेट्न पुग्नुभएकी जुना गुरुङ उनीहरु सुर्खेतमा रहेको थाहा पाएपछि शुक्रबार जुम्लाबाट फर्केर आज सुर्खेत पुगी आर्थिक सहयोग गर्नुभएको हो । 

“करिब १० वर्ष अघि पोखरा हरियो खर्कमा तीन वर्ष थेरापी गरेर फर्केका उनीहरुलाई ओमकुमारीको व्यक्तिगत रु १० हजार र आफन्तबाट रु २० हजार सहयोग भएको छ”, जुनाले भन्नुभयो, “मेरो रु पाँच हजार र आफन्तको रु १० हजार सहयोग छ । बेलायतमा बस्ने मेरो छोरी निकिता गुरुङका साथीहरुले पठाएको खाजा, कपडासहित रु पाँच हजार गरी रु ५० हजार प्रदान गरेका छौँ ।” 

मष्तिष्क पक्षघातका कारण शारीरिक अपाङ्गता भएका उनीहरु करिब एक वर्षदेखि मानव सेवा आश्रम सुर्खेतमा आश्रय लिँदै आएका छन् । आमाको मृत्युपछि बुबाले अर्कै श्रीमती लिएर उनीहरुलाई छोडेपछि बेसाहारा बनेका दुवैलाई आइएनएफ जुम्लामा कार्यरत कर्मचारी सम्झना शाहीले करिब आठ वर्ष स्याहारसुसार गर्नुभएको थियो ।

शाही कामको सिलसिलामा बाहिर जानुपर्ने अवस्था आएपछि उनीहरुको व्यवस्थापनका लागि एकवर्ष अघि गुठिचौचर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा मानव सेवा आश्रम कर्णाली प्रदेश कार्यालयमा सिफारिस गरिएको थियो ।

शारीरिक अपाङ्गता भएका उनीहरु बौद्धिकरुपले कमजोर नभएको मानव सेवा आश्रम सुर्खेत जिल्ला संयोजक सञ्जिता गौतमले जानकारी दिनुभयो । बुढा दिदीबहिनीका लागि पोखराबाट प्राप्त नगद तथा जिन्सीसहित खुत्रुके सुरक्षित राखिएको संयोजक गौतमले बताउनुभयो । 

“बालबालिका, आमा र बाबा गरेर आश्रममा ७२ जना सहयोगापेक्षी नागरिक हुनुहुन्छ”, उहाँले भन्नुभयो, “ती मध्ये एकजना बङ्गलादेशी महिला पनि हुनुहुन्छ । आश्रम रहेका केहीलाई ठीक बनाएर परिवारसँग पुनःमिलन पनि गराई दिएका छौँ ।” विष्णुमाया र निर्मला बौद्धिकरुपमा सबै बुझ्ने भएकाले आफ्नो अवस्था आफैँले देखेर कहिलेकाहीँ निराशा प्रकट गर्ने गरेको उहाँको भनाइ थियो । 




भर्खरै