११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त

प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त
अ अ+ अ-

मोरङ । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिनुभयो । सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठेक्कापट्टामा काटिने निर्माण कोष प्रदेशमा रहनुपर्ने ध्यानकर्षण गराउनुभयो ।

अर्का सदस्य सरिता थापाले प्रदेशलाई आत्मनिर्भर बनाउन करको दायरा बढाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य सावित्राकुमारी रेग्मीले ज्येष्ठ नागरिकको उमेर ६८ वर्षलाई आधार मानी घरजग्गा रजिष्ट्रेशमा छुट दिन सुझाव दिँदै दण्ड जरिवाना प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य अम्बिका थापाले पेट्रोलियम पदार्थको मूल्य अविलम्ब घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य ज्योति सुब्बाले सुनसरीको इनरुवा बहुमखी क्याम्पस जीर्ण अवस्थामा रहेकाले बजेटको व्यवस्था गर्न माग गर्दै सोही क्षेत्रका स्वास्थ्य स्वयम्सेविकालाई साइकल उपलब्ध गराउन आग्रह गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने छ ।