२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु



अ+ अ-

कञ्चनपुर । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सख्त घाइते भएकी जोशीलाई अस्पताल पु¥याउने क्रममै मृत्यु भएको बताइएको छ । बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।