८ भाद्र २०८३, सोमबार
,
Latest
रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथास्थितिमा नो एमसीसी : खनाल



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् ।

एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने  ‘सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई कसरी छलफल हुनसक्छ । म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’

यस्तै अमेरिकी अनुदान सम्झौता (एमसीसी) संसदबाट अनुमोदन भएको खण्डमा चीनलाई असर पर्ने पनि उनको भनाई छ । 

‘चीन राइज गर्दै छ। चीन राईज भएकोमा अमेरिका आपत्ति गर्दै छ, चीनको राइज (उदय)लाई कसरी रोक्ने भन्ने चिन्ता छ ? त्यसका लागि अमेरिकाले तिब्बत, हंङकङ बनाएको छ।’ नेता खनालले भने । 

उहाँले भन्नुभयो – ‘यो अनुमोदनको कुरो आफैँ नाटक जस्तो मात्रै नहोस् । त्यसो भएको हुनाले हामीले संशोधन गर्ने प्रक्रिया यो सम्झौतामा राखिएको छ, त्यो प्रक्रियालाई पनि बन्द गर्नुपर्ने हुन्छ । हामीले जसलाई अनुमोदन गर्छौ त्यो अनुमोदन गरेर कहीँ संशोधन गर्नुपर्ने भयो भने दुईवटा देशको सरकारहरुले समझदारी गरेर मात्रै संशोधन गरेर गर्ने कुरा हुनुपर्छ । एकतर्फी रुपले एमसीसीले चाहेमा संशोधन गर्ने कुराहरु राख्ने हो भने यो अनुमोदनको कुनै अर्थ हुने छैन ।

यसमा भएका जतिपनि आपत्तिजनक बुँदाहरु, प्रावधानहरु, धारा, उपधाराहरु छन्, ति सम्पूर्ण उपधाराहरुलाई सच्याउने ढंगले र सच्याइएको कुरालाई हाम्रो सहमती, सम्झौताको अभिन्न अंग हुन्छ भन्ने कुराको सुनिश्चितता गरेर मात्रै हामी यसलाई अनुमोदन गर्ने दिशातर्फ अगाडी बढ्न सक्छौँ । अन्यथा यथास्थितिमा नो एमसीसी । म फेरीपनि भन्न चाहान्छु नो एमसीसी यथास्थितिमा । हामी यथास्थितिमा एमसीसीलाई परित गर्ने पक्षमा छैनौँ । यसको व्यापक संशोधन, परिमार्जन, परिष्कार आदि गरेर त्यसको सुनिश्चितता भयो भने त्यो अवस्थामा हामीले सोच्न सकिने कुरा हुन्छ ।’

यस्तै नेता खनालले विपक्षी दल एमालेतर्फ संकेत गर्दै सभामुखसँग भने, 'सदनमा छलफलको वातावरण बनाइयोस् । म कराएर बोलेपनि पछाडि आवाज पुगेन । यो हल्ला कहाँबाट आएको छ त्यसलाई बन्द गर्ने प्रवन्ध मिलाउनुस् ।'




भर्खरै