• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

गायक किरण भुजेल र भिम विष्टको आवाजमा ‘घाम डुब्यो डाँडामा’ गित सार्वजनिक (भिडियो सहित)



काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेका गायक किरण भुजेल र गायक भिम विष्टको आवाजमा घाम डुब्यो डाँडामा बोलको गित सार्वजनिक भएको छ । गितको शब्द र संगित भिम विष्ट आफैको रहेको छ ।

गीतको अरेन्ज नरेन्द्र वियोगीको रहेको छ । गीतको म्युजिक भिडियोको सम्पादन र कलरिङ भने दिनसोन साहले गरेका छन् । गीतलाई आई क्याच स्टुडियोको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा गायक किरण भुजेल निकै चर्चा कमाउन र दर्शकहरुको मन मुटुमा बस्न सफल भएका गायक हुन् ।