• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

अर्थमन्त्री र गभर्नरबीच भेट, आगामी मौद्रिक नीतिबारे छलफल



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच बुधबार बिहान अर्थ मन्त्रालयमा भेट भएको छ ।

भेटमा दुवैबीच आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका सम्बन्धमा छलफल भएको छ । आगामी आवको बजेटको लक्ष्यलाई हासिल गर्ने गरी मौद्रिक नीति आउनुपर्ने अर्थमन्त्री शर्माले बताउनुभएको थियो ।

गभर्नर अधिकारीले बजेटका लक्षलाई हासिल गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष सुरु हुनुअघि नै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव संकलन सुरु गरिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट आठ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मुद्रास्फीति सात प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यी लक्ष्य हासिल गर्ने नीति ल्याउनु पर्नेछ ।