• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली

अर्थमन्त्री र गभर्नरबीच भेट, आगामी मौद्रिक नीतिबारे छलफल



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच बुधबार बिहान अर्थ मन्त्रालयमा भेट भएको छ ।

भेटमा दुवैबीच आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका सम्बन्धमा छलफल भएको छ । आगामी आवको बजेटको लक्ष्यलाई हासिल गर्ने गरी मौद्रिक नीति आउनुपर्ने अर्थमन्त्री शर्माले बताउनुभएको थियो ।

गभर्नर अधिकारीले बजेटका लक्षलाई हासिल गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष सुरु हुनुअघि नै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव संकलन सुरु गरिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट आठ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मुद्रास्फीति सात प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यी लक्ष्य हासिल गर्ने नीति ल्याउनु पर्नेछ ।