२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो

तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो
अ अ+ अ-

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका-६ जरहवागाछीमा भएको आगलागीपछि ५ सयभन्दा बढी मानिस घरबारविहीन भएका छन् । बुधबार लागेको आगोले त्यहाँका १ सय १० घर जलेर नष्ट भएका थिए ।

आगोले सत्ताकपडासँगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको विचल्ली भएको हो । आगलागीपीडितले वस्ने शितल ठाउँ पनि पाएका छैनन् ।

खानेकुरा र बस्ने ठाउँ नहुँदा धेरै पीडित चर्को घाममा खुला आकाशमुखी बस्न बाध्य छन् । सुख्खा चिउरा र चिनी खाएर बस्नुपरेको गुनासो पीडितको छ । बिहीबारको चर्को गर्मीसँगै चलेको तातो हावाले बस्तीमा भुमरी बनाएर उडाएको माटो र खरानीले भरिएको छ । सबैभन्दा बढी प्रभावित बालबालिका भएका छन् । अवजात शीशु र सुत्केरीलाई त झनै समस्या छ ।

अग्निपीडितलाई नगरपालिकाले सामान्य राहत सहयोग गरेको छ । दुई बोतल पानी, एउटा त्रिपाल, २ किलो चिउरा र २ किलो गहुँको पिठो मटिहानी नगरपालिकाले बुधबार साँझ नै सबै अग्नीपीडितलाई उपलब्ध गराएको छ । तर अहिले पकाउने सामल दिएर अग्नीपीडितसंग न पकाउने भाँडा छ न त पैसा नै ।

मियाँटोलबाट सल्किएको आगो गाउँमा फैलिएपछि धेरै विपन्न परिवारको घर जलेका छन् । काममा गएको बेला गाउँमा सल्किएको आगोले घर सखाप बनाएपछि जिउमा लाएको भन्दा अन्य केही निकाल्न नपाएको पीडितहरुले बताएका छन् ।

बस्तीका सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धालाई खुला आकाशमुनि रात कटाउन समस्या भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बिहीबारको बैठकले अग्नीपीडितलाई २० हजार प्रतिपरिवार दिने निर्णय गरेको छ ।

बैठकबाटै अग्नीपीडितलाई आएको राहत एकद्धार प्रणालीबाट वितरण गर्न पहिले जिल्ला प्रशासन कार्यालयमा अभिलेखिकरण गर्ने निर्णय पनि भएको छ ।

आगलागीबाट १ सय १० परिवारको ४ सय ६२ व्यक्ति प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको भएपनि यकिन विवरण पालिका, प्रहरी र रेडक्रसले बुझाएपछि जिल्ला प्रशासनले तत्कालै राहत उपलब्ध गराउने भएको छ ।