९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो

लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो
अ अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले दोस्रो जित निकालेको छ ।

टोलीले सिजनको ४१ औँ खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको हो । बैंगलोरले लगातार ६ खेल हारेर जित निकाल्यो भने हैदरावादले लगातार ४ खेल जितेर हार ब्यहोर्यो ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा हैदरावादको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

आरसीबीका तर्फबाट विराट कोहली (५१ रन) र रजत पाटीदार (५० रन) ले अर्धशतक बनाए । क्यामरन ग्रीनले २० बलमा अविजित ३७ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले २५ रनको योगदान दिए ।

हैदराबादका जयदेव उनाडकटले ३ विकेट लिए । कप्तान प्याट कमिन्स, टी नटराजन र मयंक मार्कण्डेले एक–एक विकेट लिए ।

एसआरएचका शाहबाज अहमदले अविजित ४० रनको इनिङ्स खेले । कप्तान प्याट कमिन्स र अभिषेक शर्माले ३१–३१ रन बनाए । डेब्यु गरेका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले २–२ विकेट लिए ।