• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो



काठमाडौँ । आईपीएल–२०२४ रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले दोस्रो जित निकालेको छ ।

टोलीले सिजनको ४१ औँ खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको हो । बैंगलोरले लगातार ६ खेल हारेर जित निकाल्यो भने हैदरावादले लगातार ४ खेल जितेर हार ब्यहोर्यो ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा हैदरावादको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

आरसीबीका तर्फबाट विराट कोहली (५१ रन) र रजत पाटीदार (५० रन) ले अर्धशतक बनाए । क्यामरन ग्रीनले २० बलमा अविजित ३७ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले २५ रनको योगदान दिए ।

हैदराबादका जयदेव उनाडकटले ३ विकेट लिए । कप्तान प्याट कमिन्स, टी नटराजन र मयंक मार्कण्डेले एक–एक विकेट लिए ।

एसआरएचका शाहबाज अहमदले अविजित ४० रनको इनिङ्स खेले । कप्तान प्याट कमिन्स र अभिषेक शर्माले ३१–३१ रन बनाए । डेब्यु गरेका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले २–२ विकेट लिए ।