३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री र गभर्नरबीच भेट, आगामी मौद्रिक नीतिबारे छलफल



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच बुधबार बिहान अर्थ मन्त्रालयमा भेट भएको छ ।

भेटमा दुवैबीच आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका सम्बन्धमा छलफल भएको छ । आगामी आवको बजेटको लक्ष्यलाई हासिल गर्ने गरी मौद्रिक नीति आउनुपर्ने अर्थमन्त्री शर्माले बताउनुभएको थियो ।

गभर्नर अधिकारीले बजेटका लक्षलाई हासिल गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष सुरु हुनुअघि नै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव संकलन सुरु गरिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट आठ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मुद्रास्फीति सात प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यी लक्ष्य हासिल गर्ने नीति ल्याउनु पर्नेछ ।