• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर)



काठमाडौं । उत्तरी सीमा क्षेत्र मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीले संयुक्त पैदल गस्ती गरेका छन् ।

चीनको सिमाना कोरलास्थित २४ नं पिल्लरदेखि पश्चिम २३ नं पिल्लरसम्म करिब २ किलोमिटर सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि सीमास्थित प्रहरीहरूले संयुक्त पैदल गस्ती गरेका हुन् ।

गस्तीमा नेपालका तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लोमान्थाङबाट ८ जनाको टोली र चीनतर्फ सीमास्थित रहेको लिजी प्रहरी कार्यालयको ८ जनाको टोलीको टोली सहभागी थियो ।

यस्ता संयुक्त गस्तीले सीमा क्षेत्रमा हुन सक्ने सीमा अपराध नियन्त्रणमा सहज हुन सक्ने विश्वास लिइएको छ ।