१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर)



अ+ अ-

काठमाडौं । उत्तरी सीमा क्षेत्र मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीले संयुक्त पैदल गस्ती गरेका छन् ।

चीनको सिमाना कोरलास्थित २४ नं पिल्लरदेखि पश्चिम २३ नं पिल्लरसम्म करिब २ किलोमिटर सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि सीमास्थित प्रहरीहरूले संयुक्त पैदल गस्ती गरेका हुन् ।

गस्तीमा नेपालका तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लोमान्थाङबाट ८ जनाको टोली र चीनतर्फ सीमास्थित रहेको लिजी प्रहरी कार्यालयको ८ जनाको टोलीको टोली सहभागी थियो ।

यस्ता संयुक्त गस्तीले सीमा क्षेत्रमा हुन सक्ने सीमा अपराध नियन्त्रणमा सहज हुन सक्ने विश्वास लिइएको छ ।