• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

अर्थमन्त्री र गभर्नरबीच भेट, आगामी मौद्रिक नीतिबारे छलफल



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच बुधबार बिहान अर्थ मन्त्रालयमा भेट भएको छ ।

भेटमा दुवैबीच आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका सम्बन्धमा छलफल भएको छ । आगामी आवको बजेटको लक्ष्यलाई हासिल गर्ने गरी मौद्रिक नीति आउनुपर्ने अर्थमन्त्री शर्माले बताउनुभएको थियो ।

गभर्नर अधिकारीले बजेटका लक्षलाई हासिल गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष सुरु हुनुअघि नै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव संकलन सुरु गरिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट आठ प्रतिशतको आर्थिक वृद्धि गर्ने र मुद्रास्फीति सात प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यी लक्ष्य हासिल गर्ने नीति ल्याउनु पर्नेछ ।