• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

किसानहरु हेपिएर देश बन्न सक्दैन – अर्थमन्त्री



file

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो ।

उहाँले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताउनुभयो । मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रलाई प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्यो । सम्मान पनि गर्नुपर्यो । त्यसको सही परिचालन पनि गर्नुप¥यो । किसानहरु हेपिएर देश बन्दैन । कृषिमा काम गर्नेहरुले दुखेसो गर्ने अवस्था आयो भने हामी राष्ट्रलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन सक्दैनौँ । आजको विश्वको ठुलो समस्या भनेकै खाद्यको समस्या हो । हामीसँग हामीलाई पुग्न सक्ने धान उत्पादन गर्न सक्ने हामीसँग खेतहरु छन् पर्याप्त मात्रामा । तरकारी उत्पादन गर्ने बारीहरु छन् । हामीलाई पुग्ने फलफुल रोप्ने बारीहरु, पाखाहरु छन् । हामीसँग कमी छैन । जनशक्तिको समस्या हामीलाई होइन । ठुलो जनशक्ति आज विभिन्न मुलुकहरुमा पठाइरहेका छौँ ।

अभाव हाम्रो एउटा राष्ट्रिय संकल्पको अभाव, नीतिको अभाव, त्यो खालको कार्यक्रमको अभाव हो । त्यो खालका कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको क्षमताको अभाव हो । र किसानहरुलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने, आदर गर्ने संस्कारको, मुल्यमान्यताको अभाव हो । सबै कुरालाई हामीले अब हटाएर कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताउनुभयो । कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उहाँले आवश्यक कच्चा पद्धार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अब त कोदालाका बिड पनि बाहिरबाट आउन थाल्यो । त्यो चाहीँ अब हुँदैन । बिड बनाउनुस् बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ बाहिरबाट आउनुभएन । मेशिनरी बनाउनुपनि पर्यो । यो माग नगर्नुस् कि हामी सबै बाहिरबाट ल्याउनुपर्छ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन । हामी बनाउँछौ भन्नुस् । उद्योगहरु सञ्चालन गरौँ । कच्चा पद्धार्थमा तपाईहरुलाई पर्याप्त छुट हुन्छ । भन्सार लाग्दैन ।’

उहाँले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिचाइको व्यवस्था लगायतका कामहरुलाई एकिकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।