२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानहरु हेपिएर देश बन्न सक्दैन – अर्थमन्त्री



file
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो ।

उहाँले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताउनुभयो । मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रलाई प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्यो । सम्मान पनि गर्नुपर्यो । त्यसको सही परिचालन पनि गर्नुप¥यो । किसानहरु हेपिएर देश बन्दैन । कृषिमा काम गर्नेहरुले दुखेसो गर्ने अवस्था आयो भने हामी राष्ट्रलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन सक्दैनौँ । आजको विश्वको ठुलो समस्या भनेकै खाद्यको समस्या हो । हामीसँग हामीलाई पुग्न सक्ने धान उत्पादन गर्न सक्ने हामीसँग खेतहरु छन् पर्याप्त मात्रामा । तरकारी उत्पादन गर्ने बारीहरु छन् । हामीलाई पुग्ने फलफुल रोप्ने बारीहरु, पाखाहरु छन् । हामीसँग कमी छैन । जनशक्तिको समस्या हामीलाई होइन । ठुलो जनशक्ति आज विभिन्न मुलुकहरुमा पठाइरहेका छौँ ।

अभाव हाम्रो एउटा राष्ट्रिय संकल्पको अभाव, नीतिको अभाव, त्यो खालको कार्यक्रमको अभाव हो । त्यो खालका कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको क्षमताको अभाव हो । र किसानहरुलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने, आदर गर्ने संस्कारको, मुल्यमान्यताको अभाव हो । सबै कुरालाई हामीले अब हटाएर कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताउनुभयो । कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उहाँले आवश्यक कच्चा पद्धार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अब त कोदालाका बिड पनि बाहिरबाट आउन थाल्यो । त्यो चाहीँ अब हुँदैन । बिड बनाउनुस् बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ बाहिरबाट आउनुभएन । मेशिनरी बनाउनुपनि पर्यो । यो माग नगर्नुस् कि हामी सबै बाहिरबाट ल्याउनुपर्छ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन । हामी बनाउँछौ भन्नुस् । उद्योगहरु सञ्चालन गरौँ । कच्चा पद्धार्थमा तपाईहरुलाई पर्याप्त छुट हुन्छ । भन्सार लाग्दैन ।’

उहाँले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिचाइको व्यवस्था लगायतका कामहरुलाई एकिकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।




भर्खरै