• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

ममता र किरणको युगल आवाजमा ‘म त डुब्दै डुब्दै’ बोलको गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गायिका ममता गुरुङ र गायक किरण गज्मेरको युगल आवाजमा 'म त डुब्दै डुब्दै' बोलको गीत सार्वजनिक भएको छ । गीतमा संङ्गित र शब्द अर्जुन पोखरेलको रहेको छ ।

त्यसैगरी म्युजिक अरेन्ज अर्जुन पोखरेल आफैले गरेका छन् । गीतको म्युजिक भिडियोमा पुष्प खड्का र श्रेया सिटौलाको अभिनय रहेको छ । म्युजिक भिडियोको सिनेम्याटेग्राफी सौरभ लामाले गरेका छन् भने सम्पादन बान्दे प्रसादले गरेका छन् ।

गीतलाई द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।