२६ पुष २०८१, शुक्रबार
,
Latest
आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यकः उद्योगमन्त्री भण्डारी अष्ट्रेलियाका कप्तान कमिन्सले च्याम्पियन्स ट्रफी खेल्नेमा शंका तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक? प्रेस चौतारीको विराटनगरमा हुने महाधिवेशनको उद्घाटन ओलीले गर्ने मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह क्यालिफोर्नियाको आगलागी ४० हजार एकडमा फैलियो, अवस्था भयावह बन्दै अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल खाद्य गोदामबाट चामल वितरण सुरु सलिम खानले सलमान अविवाहित हुनुको कारण बताए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला रु ८०० ले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।