• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त – खिमलाल भट्टराई



काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताउनु भएको छ ।

शुक्रवारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उहाँले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिनुभएको हो । निजीकरणलाई प्राथमिकतामा राखेकोले अर्थतन्त्र गम्भीरतातर्फ गएको उहाँको आरोप छ ।

उहाँले नीति तथा कार्यक्रममा आर्थिक नीतिको स्पष्टता आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार निजगढ विमानस्थल बनाउनबाट भागिरहेको आरोपसमेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारको आर्थिक नीतिको बारेमा नीति तथा कार्यक्रमलाई हेर्दा अन्योलग्रस्त छ । यो एउटा कुहिरोको काग जस्तो भयो । यसले निजीकरणलाई प्राथमिकतामा राख्न खोजेको जस्तो देखियो । तर यो राजकीय भुमिका हो कि, निजी क्षेत्रको भुमिकालाई प्राथमिकतामा राखेको हो । हामीले संविधानमा तीन खम्बे अर्थनीतिको कुरा छ । व्यवहारमा अवलम्वन गर्न खोजेको पनि त्यही हो । अहिलेको नीति तथा कार्यक्रममा यी चिज उल्लेख छैन । यो निजीकरणलाई प्राथमिकतामा राख्न खोजेको छ कि भन्ने देखियो । यसो हो भने वास्तवमा हाम्रो देशको अर्थतन्त्र धेरै गम्भीरतातर्फ जान्छ । यसले हाम्रो देशको गरिब, विपन्न, जनताको जीवनस्तर साह्रै खस्केर जाने र राष्ट्रको अर्थतन्त्र बर्बादीतर्फ जाने स्थिति हुन्छ ।

आर्थिक नीतिको स्पष्टता आवश्यक छ । अहिलेको नीति तथा कार्यक्रमले हामीलाई समाजवादतर्फ लैजाँदैन । यो सरकारले सीमा, राष्ट्रिय रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्दैन । सरकार किन कालापानी, लिपुलेक, लिम्पियाधुरा किन हाम्रो हो भन्न डराउँछ ? त्यो समेट्नपर्छ । अर्को वर्षदेखि निजगढ विमानस्थल बनाउने भनेसँगै यो सरकार निजगढ विमानस्थल निर्माण गर्नबाट भाग्दैछ । यो सरकारले भन्नु र अदालतले अनाधिकृत रुपमा निर्णय गरेको छ । अदालत कार्यकारी हो ?, न्यायिक निर्णय गर्ने ठाउँ हो कि, कार्यकारी भुमिका खेल्ने ठाउँ हो । सरकारले जुन निजगढ विमानस्थलको बारेमा निर्णय गरेको छ, धेरै आपत्तिजनक छ । संघीयतालाई बलियो बनाउने, स्थानीय तह बलियो बनाउने कार्यक्रम यो सरकारले के ल्यायो ?’