१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट शतप्रतिशत कार्यान्वयन गर्न सरकारले सामथ्र्य देखाउनुपर्छ: प्रमुख सचेतक बर्तौला



file photo
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई सतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभएको भएको छ ।

मङ्गलवार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताउनुभएको हो । उहाँले बजेटलाई शत प्रतिशत कार्यान्वनय गर्न सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्ने बताउनु भयो । उहाँले आएका सुझावहलाई अब आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसपटक जुन बजेट पारित भएको छ, यसलाई सतप्रतिशत कार्यान्वयन गर्नका लागि यो सरकार लाग्छ । हामी लाग्छौँ । अबको चुनौती भनेको बजेट कार्यान्वयनको हो । बजेट शतप्रतिशत कार्यान्वयन गर्ने तहमा सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्छ । अहिले आएका सुझावहरुलाई अब ०८२/०८३ को बजेट निर्माणको बेलामा यसलाई समेटेर अगाडी बढ्छौँ ।’

बजेट छलफलका क्रममा जेजस्ता कुराहरु उठेका भएपनि अब बजेट कार्यान्वयनमा सबै केन्द्रित हुनुपर्ने उहाँको भनाई छ ।