२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी टिमोरमा ६.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी



अ+ अ-

डिली । पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन् ।

पूर्वी टिमोर र इन्डोनेसियाबीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसूस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन् ।

सन् २००४ मा सुमात्राको तटीय क्षेत्रमा गएको ९.१ म्याग्नीच्युडको भूकम्पले इण्डोनेसियाका एक लाख ७० हजार नागरिकलगायत दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । तेह्र लाख जनसङ्ख्या भएको पूर्वी टिमोर दक्षिणपूर्व एशियाको सबैभन्दा कान्छो देश हो । यस देशले हालै मात्र इन्डोनेसियाबाट स्वतन्त्र भएको आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ ।

अधिकांश ग्रामीण क्षेत्र रहेको यस देशको अर्थतन्त्र कोभिड–१९ को महामारीले नराम्ररी प्रभावित भएको छ । विश्व बैंकले ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको बताएको छ ।