© 2023
काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरूद्ध बलात्कारको मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको हो । उनी साउन ४ गते पक्राउ परेका थिए। उनी पक्राउ परेको १० औं दिनमा मुद्दाको अनुसन्धान तथा अभियोजन सकेर अदालतमा दायर गरेको हो