७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

गुल्मी दरबारमा चार वडा सहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

गुल्मी दरबारमा चार वडा सहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी
अ+ अ-

गुल्मी। गुल्मी दरबार गाँउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी हुनु भएको हो । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ ।

कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद भुसाल र उपाध्यक्षका उम्मेदवार शुसिल पुन पराजित हुनु भएको हो । भुसाल र पुन गत स्थानिय निर्वाचनमा समेत पराजित हुनु भएको थियो । २०७४ को निर्वाचनमा समेत कांग्रेस चार वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।

कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित थापाले ६१६६ मत ल्याउदा एमालेका भुसालले ५६०२ मत पाउनु भएको थियो । थापाले भुसाललाई ५६४ मत अन्तरले पराजित गर्नु भएको छ । कांग्रेसबाट पालिका उपाध्यक्ष विजयी ढेंगाले ६१८८ मत ल्याउदा पुनले ५५८९ मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रकाश थापाले जानकारी गराउनुभयो । थापाले पुनलाई ५९९ मत अन्तरले पछाडी पार्नु भएको छ । यस पालिकामा कांग्रेस र एमाले दुवै पार्टीले किल्ला जोगाउने र भत्काउने दाउमा थिए । कांग्रेसले आफ्नो किल्ला जोगाउन सफल भएको छ । एमालेको पालिका पल्टाउने रणनीति सफल हुन सकेन ।

वडा नं. १ मा नेपाली कांग्रेसका राजेन्द्र प्रसाद कडेल विजयी हुनु भएको छ । यस वडामा गत निर्वाचनमा एमाले विजयी भएको थियो । वडा नं. २ मा एमालेबाट विष्णु प्रसाद गौतम विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडामा एमाले नै विजयी भएको थियो । वडा नं. ३ कांग्रेसका राम बहादुर थापा विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडा कांग्रेसले नै जितेको थियो ।

वडा नं. ४ मा एमालेबाट देविराम (बावुराम) पोखरेल विजयी हुनु भएको छ । यस वडामा गत निर्वाचनमा एमाले नै विजयी भएकाे थियो । वडा नं. ५ मा एमालेबाट गुणानिधी पौडेल विजयी हुनु भएको छ । गत निर्वाचनमा यस वडामा कांग्रेस विजयी भएको थियो ।

वडा नंं ६ मा कांग्रेसबाट मुकेश थापा विजयी हुनु भएको छ । गत निर्वाचनमा कांग्रेस नै विजयी भएको थियो । वडा नं.७ मा कांग्रेसबाट शालिकराम टण्डन विजयी हुनु भएको छ । गत निर्वाचन पनि यस वडामा कांग्रेस नै विजयी भएको थियो ।