२ भाद्र २०८३, मंगलवार
,
Latest
टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित



अ+ अ-

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् । पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ । गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए ।योसँगै यहाँका संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ । पछिल्लो समयमा देखिएका मध्ये स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमितहरु देखिने गरेका थिए । अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ ।