२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुपमा खुञ्जेलीले मेगा बैंकको सीईओबाट दिइन् राजीनामा



अ+ अ-

काठमाडौँ । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी हुँदै पदबाट राजीनामा दिएकी छिन् । खुञ्जेली नेपाली वाणिज्य बैंकहरुमै पहिला महिला प्रमुख कार्यकारी अधिकृत थिइन् ।

यही चैत मसान्तमा उनको कार्यकाल सकिँदै थियो । उनी दोस्रो कार्यकालमा पनि दोहोरिन चाहेकी थिइन् । यद्यपि सञ्चालक समितिले दोहोर्‍याउन नचाहेपछि उनले राजीनामा दिएको बताइएको छ ।

उनको सञ्चालक समितिसँग मनमुटाव रहेको बताइएको छ । यस्तो अवस्थामा काम गर्न नसकिने निचोड निकाल्दै उनले राजीनामा बुझाएको अनुमान गरिएको छ । तर उनको राजीनामा स्वीकृत भने भइनसकेको बताइएको छ ।