१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

कञ्चनपुरको महेन्द्रनगरमा मझगाउँ विमानस्थल निर्माण कार्य सुरु

कञ्चनपुरको महेन्द्रनगरमा मझगाउँ विमानस्थल निर्माण कार्य सुरु
अ अ+ अ-

काठमाडौँ । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ ।

विमानस्थल निर्माणको लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विमानस्थल निर्माण कार्य सुरु भएको दुई हप्ता भएको बताउनु भयो । श्रेष्ठले विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम सुरु भएको जानकारी दिनुभयो ।

विमानस्थलको निर्माणको लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, आयोजना २० दिन भयो काम सुरु भएको । यो विमानस्थलको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले पाएको छ । ४५ करोड ६६ लाख २४ हजार रहेको छ । ठेक्का भएको मितिले तीन वर्ष भित्र निर्माण कार्य सक्नु पर्ने छ । विमानस्थलको लागि सरकारले जग्गा समयमा नै उपलब्ध गराएमा समयमा नै निर्माण सक्ने योजनामा छांंै ।’

त्यस्तै, मझगाउँ विमानस्थल पुर्नसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदुरपश्चिममा पर्ने कञ्चनपुर जिल्लाको पर्यटक विकासको ढोका खोल्ने बताउनु भयो । उहाँले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकिय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै, भीमदत्त नगरपालिका वडा न.१६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणको लागि यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिहरुले चनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताउनु भयो । उहाँले विमानस्थल निर्माण भएर पर्यटकिय विकास तथा यहाँका जनताले रोजगारी पाउने बताउनु भयो । विष्टले विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालन पछि काठमाडौंको पहिलो उडानमा जेष्ठ नागरिकलाई निशुल्क पशुपति घुमाउन लाने योजना रहेको सुनाउनुभयो ।

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ । विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानियवासीहरु विमानस्थल सञ्चालन हुने आशाले हर्षित भएका छन् । महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट यहाँका स्थानिय नागरिकले राजधानी काठमाडौं जान कैलाली स्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता रहेको छ । विमानस्थल निर्माणको लागि तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्च्मि प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुर्ननिमार्णमा लगानी सहकार्य गरेका स्थानिय तहले सञ्चालन गर्नमा पनि सहकार्य गर्ने बताएका छन् ।