२५ भाद्र २०८३, बिहीबार
,
Latest
हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य, दीपेन्द्रले बनाए शतक



अ+ अ-

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको दोस्रो तथा अन्तिम एकदिवसीय खेल जारी छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई २७९ रनको लक्ष्य दिएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे । ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरे । उनले १४० बलमा ७ चौका प्रहार गर्दै १०५ रनको योगदानी दिए ।

योसँगै उनी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

यसैगरी, देव खनालले ८६ बलमा ७२, रोहित पौडेलले ३६ बलमा ३५, भीम सार्कीले १९ बलमा २६ रनको योगदानी दिए । अन्तीम ओभरको स्थितीमा सन्दीप लामिछानेले ९ बलमा २४ रन जोड्दै नेपालको लक्ष्यलाई बढाए । उनले २ चौका र १ छक्कपा प्रहार गरे ।

पीएनजीका लागि अली नाओले ३ विकेट लिए भने नोर्मान भनुआले २ तथा चाड सोपर र चाल्र्स अमिनीले एक–एक विकेट लिए ।