२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या



अ+ अ-

कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।

पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन ।

पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उहाँको हत्या भएको हो ।

गोली प्रहार भएको केही समयमै उहाँलाई नजिकैको अस्पतालमा पु¥याइएको भए पनि चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका थिए ।

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उहाँमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

“कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,” प्रहरीले जनाएको छ ।

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाउनु भएको छ । तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ ।