१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन बिरुद्ध धर्नामा बसेका २५ जना चिकित्सक पक्राउ



अ+ अ-
फाईल फोटो

काठमाडौ । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै असन्तुष्ट बन्दै आएका चिकित्सकहरूलाई प्रहरीले प्रकाउ गरेको छ।

समायोजनविरुद्ध पुन आन्दोलनमा उत्रिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएर बसेका सरकारी चिकित्सकहरूलाई प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ गर्ने क्रममा तीन चिकित्सकहरू घाइते भएका छन्। घाइते हुनेहरूमा राकेश यादव कपिल गौतम र विशाल ज्ञावली रहेका छन्।

केही समय आन्दोलन गरेर ३० पुसमा सरकारसँग सम्झौता गरेका सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन प्रक्रिया लागू भइसकेको अवस्थामा पनि सरकारले आफूहरूसँग भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।

आइतबार मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिइरहेका २५ जना चिकित्सकहरूलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस कल्ब भृकुटीमण्डपमा लगेको धर्नामा सहभागी सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए।