१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको पोष्टमा सिटीको ६ गोल, अग्युइरोको सानदार ह्याट्रिक



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युइरोले ह्याट्रिक गरे । त्यस्तै, रहिम स्ट्रलिङले दुई र इल्क्ये गुन्डुगनले समान एक एक गोल गर्न सफल भए ।

चौंथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । अग्युइरोले १३ औं मिनेटमा गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । अग्युइरोले १९ औं मिनेटमा अर्को गोल गर्दे सिटीलाई ३-० गोलको अग्रता दिलाए ।

एकपछि अर्को गोल गर्दै फराकिलो अन्तरको अग्रता बनाएको सिटीले खेलको २५ औं मिनेटमा चौथो गोल गर्दै ४-० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा ४-० गोलअन्तरले पछि परेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल खान सफल भयो । ५६ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

योसँगै सिटी ५-० गोलअन्तरले अघि रहेको थियो । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल गर्दै सिटीलाई चेल्सीविरुद्ध ६-० गोलको जित दिलाए ।

जितपछि लिगको शीर्ष स्थान उक्लिदै सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ । पराजित चेल्सीको २६ खेलबाट ५० अंक रहेको छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन हृयुङ मिनले समान एक एक गोल गरे । त्यस्तै, लेष्टरको लागि जेमी भार्डीले गोल गरे ।

३३ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको टोटनहृयामले दोस्रो हाफमा थप दुई गोल गर्दा लेष्टरले एक गोल फर्काएको थियो ।

६३ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा लेष्टरका भार्डीले गोल गरेपछि खेल २–१ को स्थितिमा पुगेको थियो । खेलको अतिरिक्त समयमा टोटनहृयामले अर्को गोल थप्न सफल भयो ।

जितसँगै लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २६ खेलबाट ६० अंक भएको छ । पराजित लेष्टरकोे समान खेलबाट ३२ अंक रहेको छ ।