२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी

चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य
अ अ+ अ-

काठमाडौं । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा विजयचन्द्र आचार्य चयन हुनुभएको छ । विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक हुनुभएको थियो ।

अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डा आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार आचार्यले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा अस्पतालका अध्यक्ष डा योगेन्द्रप्रसाद सिंहबाट सफत ग्रहण गरेर कार्यभार सम्हाल्ने तालिका रहेको छ ।

अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको खुला विज्ञापनमा आवदेन दिएका सात जनामध्ये छनोट सिफारिस समितिले दिएको सिफारिसका आधारमा डा आचार्यलाई चयन गरिएको हो । डा आचार्यसँगै डा अजयकुमार झा, डा उमेश नेपाल, डा कृष्णसागर शर्मा, डा गुरुशरण साह, डा प्रदीप थापा र डा रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट हुनुभएको थियो ।

आचार्य सोही अस्पतालमा कार्यरत चिकित्सक हुनुहुन्छ । उहाँ अस्पतालको महिला क्यान्सर रोग विशेषज्ञ (गाइनो अङ्कोलोजिष्ट) हुनुहुन्छ । विसं २०५८ माघ १४ गते मेडिकल अधिकृतका रुपमा आचार्यले अस्पतालमा काम सुरु गर्नुभएको हो ।

गत वैशाखमा अध्यादेशमार्फत अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल पदबाट हटेपछि निमित्तका रुपमा डा उमेश नेपालले अस्पतालमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।