२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला
अ अ+ अ-

काठमाडौँ। पूर्वमुख्यसचिव विमल कोईरालाले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने सशक्त र स्वतन्त्र नागरिक समाज आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले लोकतन्त्रमा राज्यका तीन अंगसँगै प्रेस र नागरिक समाजको महत्वपूर्ण भुमिका रहने बताउनुभएको हो ।

उहाँले नागरिक समाज सरकारको निरन्तर निगरानी गर्ने र नागरिकका आवाज राज्यसम्म पु¥याउने संस्थाका रूपमा स्थापित हुनुपर्ने बताउनु भयो ।

नेपालमा नागरिक समाज कुनै समय राजनीतिक दललाई समेत खबरदारी र निर्देशन गर्नसक्ने हैसियतमा रहे पनि पछिल्लो समय राजनीतिक स्वार्थ, पद र नियुक्तिको अपेक्षाका कारण कमजोर हुँदै गएको उहाँको भनाइ थियो ।

कोईरालाले नागरिक समाजमा आवद्ध व्यक्तिहरूले संस्थालाई राजनीतिक पद वा नियुक्ति प्राप्त गर्ने माध्यम बनाउने प्रवृत्तिका कारण नागरिक समाजले उठाउनुपर्ने वास्तविक मुद्दा ओझेलमा परेको बताउनु भयो ।

उहाँले नागरिक अभियानमा संलग्न संस्थाले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दा आफू पनि पारदर्शी र जवाफदेही हुनुपर्ने बताउनु भयो ।

नागरिक अभियान ठूलो त्यागको संस्था भएको भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । निर्वाचनबाट प्राप्त जनमतले सरकारलाई वैधानिकता दिए पनि जनताको विश्वास र समर्थन निरन्तर कायम राख्न सरकार जनउत्तरदायी हुनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चौथो अंग भनेर हामीले प्रेसलाई मान्छौँ । लोकतन्त्रको सफलता त्यहाँको प्रेसको स्वतन्त्रतालाई मापन गरेर पनि हेर्न सकिन्छ । त्यस पछिको पाँचौँ शक्ति भनेको नागरिक शक्ति हो, नागरिक अभियान हो । डेमोक्रेसी भनेको बहुमतको अधिनायकवाद होइन । यसमा अल्पमतको पनि त्यत्तिकै स्थान हुन्छ । सानो स्वर पनि त्यहाँ समेटिनुपर्छ ।’

सरकार निष्पक्ष र तटस्थ भएर नागरिकलाई सेवा दिनुपर्ने तथा सेवा, सुविधा र राजकाजमा राजनीतिकरण गर्न नहुने उहाँले बताउनु भयो । नागरिकका आवाज नसुन्ने वा सानो स्वरलाई अपमान गर्ने अवस्था आएमा संगठित नागरिक अभियान आवश्यक हुने उल्लेख गर्दै कोईरालाले नागरिकका आवाज सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा राज्य र समाजसम्म पु¥याउनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल