१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड

निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी

निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी
अ अ+ अ-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगमको आर्थिक अवस्था सुधार गर्दै वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद रेग्मीले निगमको व्यवस्थापकीय सुधार, डिजिटल बिक्री प्रणाली र उडान मार्ग व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको बताउनुभयो ।

उहाँले निगमले हवाई भाडा नियन्त्रणमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । निगमको घाटा न्यूनीकरणका लागि वित्तीय लेखापरीक्षण, कुन रुटमा कति नाफा वा घाटा भइरहेको छ भन्ने विश्लेषणसहितको रुट प्रोफिटेबिलिटी अध्ययन तथा कार्गो र ग्राउण्ड ह्यान्डलिङको छुट्टाछुट्टै लेखा प्रणाली लागू गर्नुपर्ने उहाँको सुझाव थियो ।

जहाजको मर्मतसम्भार तथा ओभरहल समयमै हुन नसक्दा उडान तालिका प्रभावित हुने गरेको भन्दै उहाँले व्यवस्थापकीय कमजोरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रेग्मीले निगमले बजार मूल्यभन्दा केही सस्तो दरमा सेवा दिन सके विदेशी वायुसेवा कम्पनीले अस्वाभाविक रूपमा हवाई भाडा बढाउने अवस्था रोक्न सकिने बताउनुभयो । उहाँका अनुसार यसबाट पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ ।

थप जहाज भाडामा ल्याउन नेपालले ‘केपटाउन कन्भेन्सन’मा तत्काल हस्ताक्षर गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो । उक्त सन्धिमा हस्ताक्षर नगरेसम्म अन्तर्राष्ट्रिय बजारबाट सहज रूपमा विमान लिजमा ल्याउन कठिन हुने उहाँको भनाइ थियो ।

निगमलाई व्यावसायिक रूपमा सफल बनाउन तीन वर्षको समयसीमा तोकेर व्यवस्थापन सुधारका स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्ने रेग्मीले बताउनुभयो । मन्त्रालय र निगम नेतृत्वले स्पष्ट कार्ययोजनासहित काम गर्नुपर्ने भन्दै उहाँले आवश्यक परे संसद्को समितिले समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निगमको डिजिटल रूपान्तरण, मर्मतसम्भार प्रणालीमा सुधार र व्यवस्थापनलाई व्यावसायिक बनाउन सके मात्र प्रतिस्पर्धात्मक बजारमा निगमलाई टिकाउन सकिने उहाँको भनाइ थियो ।