काठमाडौँ। एभरेस्ट ग्यालेरीको निर्माणमा कर्णाली क्षेत्रमा छायांकन गरिएको प्रेमिल गीत ‘साँची राखी माया मेरो’ को आकर्षक म्युजिक भिडियो सार्वजनिक भएको छ।
राजेन्द्र बजगाईंको संगीत, गजेन्द्र रञ्जितको शब्द तथा सबिन सुबेदी र सुजाता केसीको युगल गायन रहेको गीतको भिडियोमा नेपाल सरकारका सहसचिव तथा सार्वजनिक यातायात प्राधिकरणका सीईओ एवं हुलाकी राजमार्ग योजनाका प्रमुख इन्जिनियर कुबेर नेपाली र मोडल झरना रिसालको अभिनय रहेको छ।
गणेश साउँदको छायांकन, अमृत चापागाईंको सम्पादन तथा लोकप्रिय कलाकार सनम कठायतको निर्देशनमा तयार भएको भिडियोले सार्वजनिक भएलगत्तै दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
यसै भिडियोमार्फत अभिनय यात्रा औपचारिक रूपमा सुरु गरेका कुबेर नेपालीले सानैदेखिको कलाकारिताप्रतिको रुचिले सार्थकता पाएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा समेत कलाकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।








