१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार

सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा

सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा
अ अ+ अ-
काठमाडाैँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुहरूको प्रशंसा गर्नुभएको छ ।
दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबाई विमानका सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटभित्र करिब १७ हजार फिट तल झरेको र मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गर्नुपरेको थियो । विमानमा रहेका १७४ यात्रुमध्ये १६६ जना इजरायली नागरिक रहेको सञ्चारमाध्यमले जनाएका छन् । सबै यात्रु सुरक्षित रहेको फ्लाईदुबाईले जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पारेर सबै यात्रुलाई मार्ने प्रयास गरेको बताउनुभयो । उहाँले यात्रुहरूले ठूलो विपत्ति रोक्न सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । साथै, घाइते भारतीय पाइलट स्मित मच्छरले असाधारण बहादुरी देखाउँदै प्रतिकार गरेर विमानमा ठूलो दुर्घटना हुन नदिएको बताउनुभयो ।
भारतीय दूतावासका अनुसार घाइते पाइलटको साउदी अरेबियाको अस्पतालमा उपचार भइरहेको छ । तबुक विमानस्थल सञ्चालन गर्ने कम्पनीले सह–पाइलट पनि अवतरणका क्रममा घाइते भएको जनाएको छ । फ्लाईदुबाईले घटनाको अनुसन्धान भइरहेकाले इजरायलका लागि आफ्ना उडान स्थगित गरेको जनाएको छ ।
यात्रु मिरियम शिरा ओहायोनले विमान केही समय ‘धेरै हदसम्म नियन्त्रण बाहिर’ रहेको बताउनुभयो । उहाँका अनुसार सह–पाइलटले पाइलटको हत्या गर्ने प्रयास गरेपछि यात्रुहरूले उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । अर्का यात्रु अल्मोग इटालीले ककपिटनजिकै झगडा सुरु हुनुअघि विमानमा ठूलो अशान्ति भएको र अगाडिका यात्रुले स्थिति नियन्त्रणमा लिन सहयोग गरेको बताउनुभयो ।
इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतङ्कवादी आक्रमणको प्रयास’ भनेको छ । रक्षामन्त्री इजरायल काट्जले यसलाई ‘जिहादी आतङ्कवादी आक्रमणको प्रयास’ भन्नुभएको छ । विदेशमन्त्री गिडियोन सारले संयुक्त अरब इमिरेट्सका शीर्ष कूटनीतिज्ञ अब्दुल्लाह बिन जायद अल नाह्यानसँग कुराकानी गर्दै चरमपन्थी तत्वविरुद्ध सहकार्य गर्न सहमति भएको बताउनुभएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार सम्भावित अपहरणको आशंकामा सेनाले लडाकू विमान परिचालन गरेको थियो । विमानभित्रबाट खिचिएको भिडियोमा टाउकोमा चोट लागेका एक यात्रुले सहयोग मागेको देखिएको थियो । साउदी अरेबियामा अवतरणपछि आफूहरूलाई न्यानो स्वागत गरिएको यात्रु इटालीले बताउनुभयो ।
घटना अक्टोबरको अन्त्यमा हुने इजरायली निर्वाचनको केही साताअघि भएको हो । मङ्गलबार प्रधानमन्त्री नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने ‘सङ्केत’ रहेको बताउनुभएको थियो ।