१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग

संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न ५ सय र एक हजार रुपैयाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो । उहाँले लामो समयदेखि राज्य दोहनबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दाबी गर्नुभयो ।

भारतको उदाहरण दिँदै सांसद न्यौपानेले नेपाल राष्ट्र बैंक ऐनमा रहेको व्यवस्थाको प्रयोग गरी तत्काल पुराना नोट विस्थापन गरेर नयाँ नोट जारी गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानी बनाउन र देशलाई सुशासनको मार्गमा अगाडि बढाउन सरकारले तत्काल नोटबन्दी गरी नयाँ नोट जारी गर्नुपर्छ ।’

न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभयो । उहाँले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनुभयो ।

साथै दुलालले सरकारमा रहेको दलले नै नोटबन्दी कार्यान्वयन गर्न किन ढिलाइ गरिरहेको भन्दै प्रश्न गर्नुभयो । उहाँले यस विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने मागसमेत गर्नुभयो ।

दुलालले भन्नुभयो, ‘हाम्रो दलको तर्फबाट पूर्ण समर्थन छ । तर सत्तामा रहेको दलले यो काम गर्न किन ढिलाइ गरिरहेको छ ? सम्माननीय सभामुखज्यू, यस विषयमा रुलिङ होस् ।’

सांसदहरूको मागसँगै प्रतिनिधि सभामा कालो धन नियन्त्रणका लागि नोटबन्दी गर्ने विषयमा बहस सुरु भएको छ ।

संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग