१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही

कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही
अ अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले सरकार सही मार्गबाट विचलित भएर अघि बढ्दा गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिनुभयो । उहाँले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै आगामी दिनमा सरकारले नराम्रो परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

सरकारले आफ्नो परिपक्वता प्रदर्शन गर्दै सही मार्गमा फर्किनुपर्ने उहाँको भनाइ थियो । राजधानी काठमाडौंलाई कर्णालीसँग जोड्ने मुख्य राजमार्ग तथा करिडोरमा भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गर्दै शाहीले बाढीपहिरोका कारण कर्णालीका नागरिकले पटक–पटक समस्या भोग्नुपरे पनि राज्यले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कर्णालीका नागरिक पटक–पटक बाढी र पहिरोको चपेटामा छन्, तर राज्यले यसलाई गम्भीरताका साथ लिएको छैन ।’

कालिकोटको गगने खोला, एस मोड, खल्लागाड र राजुली क्षेत्रमा पटक–पटक पहिरो खस्दा जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो । चाडपर्वको मुखमा नागरिकलाई घर जानसमेत कठिनाइ भइरहेको भन्दै उहाँले तत्काल मेसिन तथा प्राविधिक जनशक्ति परिचालन गरी सडक सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभयो ।

पहिरो पन्छाउने कामले मात्रै दीर्घकालीन समाधान नहुने उल्लेख गर्दै सांसद शाहीले कर्णाली राजमार्गका जीर्ण सुरक्षा बार तत्काल फेर्न तथा जोखिमयुक्त स्थानमा आधुनिक सुरक्षा संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।