१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट

बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग

बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग
अ अ+ अ-
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोबाट बागलुङ र म्याग्दीमा भएको क्षतिलाई ध्यानमा राख्दै दुवै जिल्लाका प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले असोज ८ देखि ११ गतेसम्म आएको भीषण बाढीपहिरोका कारण बागलुङमा मात्रै १३ जनाको ज्यान गएको र ठूलो मात्रामा भौतिक संरचना क्षतिग्रस्त भएको बताउनुभयो।

उहाँका अनुसार ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोटलगायत क्षेत्रमा बाढी तथा हावाहुरीले घर, गोठ, खेतीयोग्य जमिन र सार्वजनिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। सयौँ घर तथा गोठ बगेका छन् भने खेतीयोग्य जमिन बगरमा परिणत भएको उहाँले जानकारी दिनुभयो।

विपद् आएको पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत्, खानेपानी र सडक सेवा पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सांसद शर्माले बताउनुभयो। सञ्चार सम्पर्क विच्छेद हुँदा कतिपय क्षेत्र अझै सम्पर्कविहीन रहेको र दैनिक उपभोग्य सामग्रीको अभाव बढ्दै गएको उहाँको भनाइ छ।

मध्यपहाडी लोकमार्गको महत्वपूर्ण संरचना मालढुंगा पुलसमेत क्षतिग्रस्त भएकाले यातायात सञ्चालनमा समस्या हुँदा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको उहाँले बताउनुभयो।

सांसद शर्माले भोटेकोशी बाढीका प्रभावितलाई उपलब्ध गराइएको जस्तै राहत प्याकेज बागलुङका बाढीपहिरो प्रभावितका लागि पनि घोषणा गर्न सरकारसँग माग गर्नुभयो। उहाँले तत्काल सडक तथा सञ्चार सेवा पुनःस्थापना गरी प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो।