१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल
अ अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायतामा मात्र निर्भर हुन नहुने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले जलवायु कार्यका लागि सरकारले आन्तरिक स्रोतको प्रभावकारी उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । आन्तरिक स्रोतबाट आवश्यक बजेट अपुग भएपछि मात्रै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग तथा अनुदान माग्ने रणनीति लिनुपर्ने उहाँको भनाइ थियो ।

डा. ढकालले आगामी पाँच वर्षभित्र जलवायुमैत्री बजेटको हिस्सा कुल बजेटको २० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारले लिएको जानकारी दिनुभयो । हाल कुल बजेटको करिब ५ प्रतिशत जलवायुमैत्री बजेटका रूपमा छुट्याउने अभ्यास रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय योजना आयोगको १६औँ पञ्चवर्षीय योजनाले देशका ७५३ वटै स्थानीय तहमा जलवायु अनुकूलन योजना निर्माण गर्ने लक्ष्य राखेको छ । स्थानीय तह र स्थानीय कार्यालयमा विनियोजन भएको बजेटलाई जलवायु कार्यमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जलवायु महासन्धिअन्तर्गत रहेका विभिन्न कोषबाट नेपालले अधिकतम लाभ लिनसक्ने गरी कार्यप्रणाली र रणनीति विकास गर्नुपर्ने पनि उहाँले बताउनुभयो । विकसित राष्ट्रहरूले अनुदान तथा क्षतिपूर्तिका लागि विभिन्न प्रक्रियामा अल्झाउने अवस्था रहेको उल्लेख गर्दै डा. ढकालले जलवायु वित्तमा पहुँच बढाउन नेपालले आफ्नै कार्यप्रणाली सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले जलवायु महासन्धिअन्तर्गत ग्रीन क्लाइमेट फण्ड, एडप्टेसन फण्ड, ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी, फण्ड फर रेस्पोन्डिङ लस एन्ड ड्यामेज तथा क्लाइमेट इन्भेस्टमेन्ट फण्डजस्ता कोषबाट नेपालले पर्याप्त लाभ लिनसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनसँगै नेपालको छरिएको बस्ती विकासलाई पनि जलवायु तथा विकास नीतिको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो । बस्ती विस्तारको वर्तमान योजनामाथि पुनर्विचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

आगामी जलवायु सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखका लागि छुट्टै ‘लिडर समिट’ आयोजना हुने उल्लेख गर्दै डा. ढकालले उक्त कार्यक्रममा नेपालको उच्च राजनीतिक नेतृत्वको प्रभावकारी उपस्थिति र सम्बोधन आवश्यक रहेको बताउनुभयो ।