१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध
अ अ+ अ-
काठमाडाैँ । गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेका हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको सो क्षेत्र बन्द भएको हो ।
जम्मा पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताउनुभयो ।
उहाँका अनुसार वर्षाको समयमा बाढी, पहिरोका कारण तल्लो भेगको बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि मनाङको भीमथाङ बजारबाट लार्केपासबाट ओसारपसार सुरु गरिएको छ । अहिले बाक्लो हिउँ जमेर बाटो मेटिएकाले लार्केपासबाट मनाङ आवतजावत गर्न असम्भव भएको हो ।
“यताबाट सामान लिन गएका खच्चड मनाङमा अड्किएर बसेका छन् । उताबाट आएकाहरु यता रोकिएका छन्”, पूर्ववडा सदस्य रहेका निमा दोर्जेले भन्नुभयो, “अझै केही दिन बाटो नखुलाउने हो भने सामागाउँ, साम्दोमा खाद्यान्न अभावको स्थिति सिर्जना हुनसक्छ ।” बाढी र पहिरोका कारण मनास्लु पदमार्गको विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । बाढीले पदमार्गका पुल बगाएका कारण घोडा, खच्चड आवतजावतमा रोक लगाइएको छ । स्थानीय र पर्यटकका लागि अस्थायी काठेपुल बनाइएको छ ।
बाढी, पहिरोले पुल बगाएपछि सामागाउँ, साम्दोमा जिल्लाको तल्लो क्षेत्रबाट वर्षामा घोडा, खच्चड हिँडाउन सकिएको छैन । बीचमा स्थानीय दैनिक उपभोग्य सामग्रीका लागि मनाङको भीमथाङ बजारमा आश्रित छन् ।
हिमपातले लार्केपास अवरुद्ध बनाएपछि मनाङ आवतजावत पनि ठप्प बनेको चुमनुब्री गाउँपालिका–१ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताउनुभयो । मनास्लु पदमार्ग अवरुद्ध बनेपछि सामागाउँ, साम्दोमा खाद्यान्न ढुवानीको एउटै ठाउँ मनाङको थियो । त्यो पनि अहिले हिउँले बाटो अवरुद्ध बनेपछि समस्या भएको छ”, उहाँले भन्नुभयो ।
लार्केपास अवरुद्ध हुँदा मनास्लु–लार्के–चुम क्षेत्रको ट्रेकिङ रुट प्रभावित हुने स्थानीय निमा लामाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले पर्यटकको सिजन छ । लार्केपास गर्न आएका सयौँ स्वदेशी, विदेशी पर्यटक पास अवरुद्ध हुँदा सामागाउँ र साम्दोमा रोकिएका छन् । जसले गर्दा पर्यटक, पर्यटन व्यवसायी र यस्थानीय होटल व्यवसायी, गाइड र पोर्टरहरु मर्कामा परेका छन् ।” लार्केपास खोलिदिन र सुरक्षित रुपमा सञ्चालनमा ल्याउने आफूहरुले टान, एमक्याप, गाउँपालिका र चुमनुब्री होटल व्यवसायी सङ्घलाई पत्रसमेत पठाएको  जानकारी दिनुभयो ।
विगतमा पनि भारी हिमपातका कारण लार्केपास अवरुद्ध बनेको थियो । गत वर्ष स्थानीय युवाले बाटो खुलाएका थिए । यो वर्ष त्यो सम्भव नरहेको साम्दोमा निमा दोर्जे लामाले बताउनुभयो । “यो वर्ष एकदमै बाक्लो हिउँ जमेको छ, स्थानीयले मात्र हिउँ पन्छाउन  सम्भव  छैन”, उहाँले भन्नुभयो ।