१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति

मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति
अ अ+ अ-

काठमाडाैँ  । मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा जमिन फाट्न र भासिन थालेपछि स्थानीयवासी त्रासमा परेका छन्। लगातारको वर्षापछि असोज ११ गतेदेखि जमिन चिराचिरा पर्न थालेको हो।

स्थानीयका अनुसार करिब दुई वर्ग किलोमिटर क्षेत्रमा ठाउँ–ठाउँमा जमिन चिरिएको छ भने कतिपय स्थानमा जमिन १२ फिटसम्म भासिएको छ। जमिन चिरिनुका साथै केही भूभाग तलतिर सरेको र जमिनभित्रबाट अस्वाभाविक आवाजसमेत सुनिन थालेको स्थानीयले बताएका छन्।

जमिन भासिँदा र चिरा पर्दा आठवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ८० घरधुरी प्रभावित भएका छन्। बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीका अनुसार जोखिममा रहेका स्थानीयवासीलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको छ।

स्थानीय चन्द्रमाया थिङले असोज ११ गते दिउँसो घर फर्किँदा मझेरी चिरिएको देखेको र त्यसपछि वरपरको जमिनसमेत फाट्न थालेको बताउनुभयो। घरभित्रै चिरा पर्न थालेपछि ठूलो आवाज आउन थालेको र घर बस्न नसक्ने भएपछि पहिलो रात छिमेकीको घर तथा त्यसयता विद्यालयमा बस्दै आएको उहाँले बताउनुभयो।

७० वर्षीय चित्रबहादुर किलुङले दुःख गरेर बनाएको घर चिराचिरा परेपछि बस्न सक्ने अवस्था नरहेको बताउनुभयो। विपन्न परिवार भएकाले सुरक्षित स्थानान्तरण र जीविकोपार्जनका लागि सरकारी सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। ८४ वर्षीय रामबहादुर घलानको घरसमेत जमिन चिरिने क्रममा भत्किएपछि उहाँ घरबारविहीन बन्नुभएको छ।

जमिन फाट्नुका साथै सडक र विद्युत्का खम्बासमेत ठाउँ–ठाउँमा ढल्किएपछि सिङ्गो गाउँ नै जोखिममा परेको बकैया–६ का वडाध्यक्ष फूलमान भम्जनले बताउनुभयो।

यस क्षेत्रमा २०२० सालदेखि बस्ती विकास भएको बताइएको छ। तामाङ र विक समुदायको बाहुल्य रहेको ज्यामिरेमा यसअघि २०६८ सालमा पनि जमिनमा यस्तै चिरा परेको थियो। त्यसबेला शङ्खेश्वरी प्राथमिक विद्यालयलाई ठूलो ज्यामिरेबाट देवीडाँडा (तल्लो टोल) मा सारिएको थियो।

जमिन चिरिन थालेको जानकारी पाएपछि मकवानपुर प्रशासनले स्थानीयवासीको सुरक्षालाई प्राथमिकता दिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मंगलबार प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै जोखिमको अवस्थामा पहिलो प्राथमिकता ज्यानको सुरक्षा भएकाले सुरक्षित स्थानमा बस्न स्थानीयलाई आग्रह गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार घटनाको जानकारी पाएलगत्तै फापरबारी प्रहरी चौकी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सम्बन्धित निकायलाई परिचालन गरी स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको थियो। अहिले जोखिममा रहेका स्थानीय रातको समयमा विद्यालयमा बस्दै आएका छन्।

स्थानीय विपद् व्यवस्थापन समितिले स्थलगत अवलोकनपछि उक्त क्षेत्र मानव बस्तीका लागि उपयुक्त नरहेको जनाएको छ। जोखिम बढ्दै गएपछि स्थानीयवासीले सुरक्षित स्थानमा स्थायी पुनःस्थापना तथा जीविकोपार्जनका लागि सरकारी सहयोगको माग गरेका छन्।